त्रिदेशीय फुटबल फाइनल : बंगलादेशविरुद्ध नेपालको अग्रता


१६ चैत्र २०७७, सोमबार
180b66caa04137909f64aef69eb163e2 w1000 h500 cp

काठमाडौं, १६ चैत । दशरथ रंगशालामा जारी त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनल खेलको पहिलो हाफमा नेपालले अग्रता लिएको छ ।

नेपालका लागि संजोग राईले १८ औं मिनेटमा पहिलो गोल गरेका हुन् । सुनिल बलको कर्नर किक बंगलादेशी खेलाडीले क्लियर गर्न नसक्दा संजोगको खुट्टामा बल पुगेको थियो ।

उनले सोही बल बंगलादेशी खेलाडीलाई छक्याउँदै गोल गरेका हुन् । यो नेपालको आठौं खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल हो । यसअघिका ७ खेलमा नेपाल गोलरहित थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७