सनराइज बैंककाे ७२ औं शाखारहित बैंकिङ्ग सेवा फक्ताङलुङमा


१७ चैत्र २०७७, मंगलवार
IMG 2 9ToEbUmlns 1

काठमाडौं, १७ चैत । सनराइज बैङ्क लिमिटेडले ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं।–६, लेलेपमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैङ्कको शाखारहित बैंकिङ्ग सेवा संख्या ७२ पुगेको छ । बैङ्कले फक्ताङलुङ गाउँपालिका वडा नं.–६, लेलेपमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको व्यवसाय प्रतिनिधिका रुपमा फुपु डोमा शेर्पालार्ई नियुक्त गरेको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टी.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैङ्कले जनाएको छ ।

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैङ्कले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७