विश्वकप फुटबल छनौट : पोर्चुगलसँग लक्जेम्बर्ग पराजित


१८ चैत्र २०७७, बुधबार
117768002 gettyimages 1309982843

काठमाडौं, १८ चैत । विश्वकप फुटबल छनोट अन्तर्गत युरोपेली समूहका खेलहरुमा पोर्चुगल, बेिल्जयम, नेदरल्याण्ड्स र क्रोएसिया विजयी भएका छन् ।

गए राति लक्जेम्बर्गमा भएको खेलमा भ्रमणकारी टोली पोर्चुगल ३-१ ले विजयी भयो । यही समूहको अर्को खेलमा सर्वियाले अजरबैजानलाई २-१ ले पराजित गर्‍यो । विश्वकप फुटबल छनौट युरोपेली समुह ‘इ’ को खेलमा बेल्जियमले बेलारुसलाई ८-० को फराकिलो अन्तरमा हराउँदा वेल्सले चेक रिपब्लिकमाथि १-० को जित निकाल्यो ।

समूह ‘जी’ को खेलमा नेदरल्याण्ड्सले जिब्रल्टारलाई ७-० ले पाखा लगाउँदा नर्वेले मोन्टेनेग्रोलाई १-० ले हरायो । यही समूहको अर्को खेलमा टर्की र लात्भियाले ३-३ गोलको बराबरी खेलेका छन् । यसैगरी समुह एच को खेलमा क्रोएसियाले माल्टालाई ३-० ले हराउँदा स्लोभाकियाले रुसलाई २–१ ले तथा साइप्रसले स्लोभेनियालाई १–० ले पाखा लगायो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७