२०७७ चैत २४ गते मंगलबारको तपाईको राशिफल


२४ चैत्र २०७७, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । प्राविधिक काममा बढी सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बोलीको भरमा कार्य सम्पादन हुने र नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसँग मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउने छ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार गर्नु होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । व्यापार, व्यवसायबाट सोचे जस्तै लाभ प्राप्ति हुने योग पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । बौद्धिक प्रतिष्पर्धामा विजयी भइनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका पनि मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका वैदेशिक कार्य अघि बढ्ने छ । शेयर बजारमा पनि सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मित्र वा आफन्तको सहयोगबाट मिल्ने छ । नयाँ काम वा रोजगारको अवसर मिल्ने छ । व्यापार व्यवसायबाट पनि लाभ लिन सकिने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहने छ । घरमा अतिथीको आगमन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज धार्मिक र सामाजिक महत्वको क्षेत्रमा भ्रमण हुनसक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । विद्यामा पनि सफलता मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७