लेखक–साहित्यकार खगेन्द्र संग्रौलालाई ४ लाख रुपैयाँसहित ‘पहिचान सम्मान’


२६ चैत्र २०७७, बिहीबार
khagendra sangraula

काठमाडौं, २६ चैत । लेखक तथा साहित्यकार खगेन्द्र संगौलालाई ४ लाख रुपैयाँसहित सम्मान गरिने भएको छ ।

लेखन माध्यमबाट उत्पीडित र सीमान्तकृत समुदायको पहिचान स्थापित गर्न योगदान पुर्‍याएको भन्दै ‘पहिचान पुरस्कार कोष’ ले उनलाई ४ लाख २ हजार २ रुपैयाँसहित ‘पहिचान सम्मान’ प्रदान गर्ने भएको हो ।

आउने वैशाख ४ गते कार्यक्रम आयोजना गरी साहित्यकार संग्रौलालाई सम्मान गरिने कोषले जनाएको छ । २०७२ सालमा सिक्किममा स्थापित ‘पहिचान पुरस्कार कोष’ संस्थाले लेखन तथा साहित्यमार्फत पहिचानका क्षेत्रमा योगदान पुर्‍याउने लेखकलाई हरेक वर्ष पुरस्कार दिने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७