ललितपुरमा सागर न्यौपाने नेतृत्वको प्यानल, केन्द्रका कुन उम्मेदवारको मत कति ? (सुचीसहित)


२६ चैत्र २०७७, बिहीबार
lalitpur fnj

ललितपुर, २६ चैत । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा सागर न्यौपाने नेतृत्वको प्यानल अत्याधिक बहुमतले विजयी भएको छ । दोस्रो सबैभन्दा धेरै सदस्यको रहेको ललितपुर शाखाको आज (बिहिबार) बिहान सम्पन्न भएको मतगणनामा न्यापाने प्यानलका सबैको उम्मेद्धार अत्याधिक बहुमतका साथ विजयी भएका हुन् ।
अध्यक्षमा न्यौपानेले २९७ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्दी बालमुकुन्द आचार्यले भने ६६ मत ल्याए भने सिर्जना तिम्सिनाले ४४ मत पाए ।
त्यसैगरी, उपाध्यक्षमा रनसुर महतारा, सचिवमा रामहरि कार्की र सह—सचिव(खुल्ला)मा रविन राई विजयी भएका छन् ।
त्यसैगरी, कोषाध्यक्षमा राजु बस्नेत, सदस्यहरूमा गोमा पाण्डे, दिपक अर्याल, अनिल पन्त, अविन लिम्बु, कृष्ण पौडेल, केशव घिमिरे, विष्णु बहादुर आले र रामशरण काफ्ले विजयी बनेका छन् ।
यसअघि महिला उपाध्यक्ष्मा केशरी पुन, संमाावेशी सहसचिवमा ¬श्याम तन्डुकार, सदस्यहरुमा नारायण लिंखा देवान, करुणाकार मल्लिक र अम्बर परियार निर्वाचित भइसकेका थिए ।
४५८ सदस्य रहेको ललितपुर शाखामा ३८३ मत खसेको प्रमुख निर्वाचत अधिकृत कमल गिरी जानकारी दिए ।
कसको कति मत ?

उपत्यकामा श्रीजन झा भारी अग्रता
उपत्यका प्रदेशको अध्यक्षका उम्मेदवार श्रीजन झाले ललितपुर शाखामा भारी लिएका छन् । प्रदेशको मतगणना सम्पन्न हुदा उनका निकटत्तम प्रतिस्पर्धी भन्दा १७७ मतले अग्रता लिए । उनले २६५ मत प्राप्त गरे भने निकटत्तम प्रतिद्धन्द्धी रामचन्द्र खड्काले ८८ मत पाएका छन् ।
यस्तै उपाध्यक्षमा वीर बहादुर लामाले २३८ ल्याउँदा विनोद प्रसाद चौलागाईले १०० र महासचिवमा टेकबहादुर रोका (टेनिस)ले २३४ ल्याउँदा सविन शर्माले १२१ मत प्राप्त गरे । उपत्यका प्रदेशको मतगणना पनि बिहान सम्पन्न भएको थियो ।

केन्द्रमा विपुल पोखरेलको भारी अग्रता
महासंघको केन्द्रीय समितिको लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार विपुल पोखरेलले ललितपुरमा भारी अग्रता लिएको छ । उनले २५७ मत प्राप्त गरेका छन् भने निकटत्तम प्रतिद्धन्द्धी निर्मला शर्माले ९३, गजेन्द्रसिंह बुढाथोकीले २० र रामप्रसाद दाहालले ३ मत प्राप्त गरेको छन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, संमावेशी उपाध्यक्षमा उदय जिएम महासचिव रोशन पुरीले भारी अग्रता लिएको छ ।

यस्तै उपत्यका तर्फकाे केन्द्रीय सदस्यमा ज्ञानप्रसाद पाैडेल र शन्तराम बिडारीले धेरै ल्याएका छन् ।

ललितपुरमा ‘नो’ भोट
पहिलो पल्ट प्रत्यक्ष निर्वाचन प्रणालीद्धारा निर्वाचन सम्पन्न भएको नेपाल पत्रकार महासंघको ललितपुर शाखाको निर्वाचनमा ‘नो’ भोट समेत गरेका छन् ।

आधिकारिक रुपमा ‘नो’ भोटको व्यवस्था नभए पनि ६ वटा भोट गरेका हुन् । मतदाताले कुनै पनि उम्मेद्धारलाई भोट नै नगरी ब्यालेट बक्समा मतपत्र हालेको भेटियो ।
६ भोट मध्ये ५ ‘नो’ भोट प्रदेशको र १ केन्द्रको मत पत्र भेटिएको निर्वाचन अधिकृत गिरीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७