चीनलाई चिढ्याउन र ताइवानसँग नजिकिन अमेरिकाले ल्यायो यस्तो नीति


२९ चैत्र २०७७, आईतवार
cc5b9c901acb4a153241cf8291a3a4d8 w1000 h500 cp

काठमाडौं, २१ चैत । अमेरिका र चीनबीचको सम्बन्ध दिनदिनै बिग्रिँदै गएको छ । झनै शुक्रबार अमेरिकी विदेश विभागले ताइवानसँग सम्बन्धित नयाँ नीति घोषणा गरेपछि विवाद झनै चर्कने देखिएको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार अमेरिकी विदेश विभागले शुक्रबार अमेरिकी र ताइवानका सरकारी अधिकारीहरु बीचको सम्बन्धलाई प्रोत्साहित गर्ने नयाँ नीति घोषणा गरेको हो । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको कानून ताइवान एजसुअरेन्स एक्ट २०२० को पालना नयाँ सरकारले गरेको बताइएको छ ।

योसँगै विदेश विभागका प्रवक्ता नेड प्राइसले भनेका छन्, ‘नयाँ नीतिले ताइवानसँग अमेरिकी सरकारको संलग्नतालाई प्रोत्साहित गर्छ जसले हाम्रो गहिरो अनौपचारिक सम्बन्ध झल्काउँछ ।’ ‘ताइवान एक जीवन्त लोकतन्त्र र हाम्रो एक महत्वपूर्ण सुरक्षा र आर्थिक साझेदार हो जुन अन्तर्राष्ट्रिय समुदायमा राम्रो काम गर्नसक्ने शक्ति हो’ उनले भनेका छन् ।

अमेरिका एक चीन नीतिमा प्रतिवद्ध भएको राष्ट्र हो। अमेरिकाले ताइवानसँग चीनको अनुमति बिना व्यापारका साथै प्रशासनिक सम्बन्ध राखे त्यो एक चीन नीतिको उल्लंघन हुनेछ । पछिल्लो समयमा अमेरिकाले चीनसँगको प्रतिवद्धतालाई त्यागेको देखिएको छ । अमेरिकाले ताइवानलाई हतियार बेचिरहेको छ भने अहिले चीनलाई चिढ्याउन र ताइवानसँग नजिकिन नयाँ नीति ल्याएको हो । एससीएमपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७