रुरु जलविद्युत् परियोजनाको आईपीओ बाँडफाँड


३ बैशाख २०७८, शुक्रबार
IPObanking

काठमाडौं, ३ बैसाख । रुरु जलविद्युत् परियोजनाको आईपीओ बाँडफाँड गरिएको छ । आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलले निष्कासन भएको ४ लाख ७ हजार ७०६ कित्ता बाँडफाँड गरेको हो ।

सेयर खरिदका लागि १६ लाख ८३ हजार १ सय २१ जनाले २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता माग गरेको थिए । जसमध्ये ८ हजार ५३५ आवेदन रद्द तथा १५ लाख ९० हजार ८९६ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक कम्पनीले जानाकारी गराएको छ ।

न्यूनतम १० कित्ताका दरले ३७ हजार ९१६ जनालाई सेयर बाँडफाँड गरिएको छ । कम्पनीले चैत २० गतेदेखि प्रिमियम मूल्यमा प्रतिसेयर १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर बिक्रीमा राखेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७