८१ बालबालिकासहित एकै दिन नौं सय संक्रमित थपिए, चारको मृत्यु


३ बैशाख २०७८, शुक्रबार
korona

काठमाडौं, ३ बैसाख । नेपालमा पछिल्लो २४ घण्टामा ८१ जना बालबालिकासहित थप नौं सय जना कोरोना संक्रमित थपिएका छन् । आज (शुक्रबार) एकै दिन चार महिनायताकै सबैभन्दा बढी नौ सय जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५३७ जनामा गरिएको पीसीआर परीक्षणबाट ८३६ तथा ६२१ एन्टिजेन परीक्षणबाट ६४ जनामा संक्रमण देखिएको हो । थपिएकामा काठमाडौं उपत्यकाका मात्रै ३४८ जना हुन् । जसमा काठमाडौंका २८६, ललितपुरका ४३ र भक्तपुरका १९ जना रहेका छन् ।

त्यस्तै बाँकेका १३३, कास्कीका ४६, रुपन्देहीका ४३ र कैलालीका ३९ जना थपिएका छन् । थपिएकामा ९ वर्षभित्रका १५, १० देखि १९ वर्षका ६६, २० देखि २९ वर्षका २ सय ५, ३० देखि ३९ वर्षका १ सय ९३ तथा ४० देखि ४९ वर्षका एक सय ६७ जना संक्रमित भएका छन् ।

योसँगै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८ पुगेको छ । शुक्रबार ४ जना थपिएसँगै मृतकको संख्या ३ हजार ७० पुगेको छ । २०८ जना मात्र संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७