रसियाका विपक्षी नेता नाभाल्नीको बिग्रँदो स्वास्थ्यप्रति विश्व समुदायको चासो


६ बैशाख २०७८, सोमबार
Nalvani

काठमाडौं, ६ बैसाख । अमेरिकाले रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नीको जेलमै मृत्यु भए त्यसको गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी दिएको छ । चिकित्सकले उपचारमा ध्यान नदिए नाभाल्नीको केही दिनमै मृत्यु हुन सक्ने खतरा औंल्याए लगत्तै अमेरिकाले यस्तो चेतावनी दिएको हो ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहाकार जेक सुलिभानले नाभाल्नीको उपचारलाई लिएर रसियालाई विश्व समुदायले जवाफदेही बनाउने बताए । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले नाभाल्नीको उपचार पूर्ण गलत र अनुचित रहेको बताएका थिए । बेलायत, फ्रान्स, जर्मनी र यूरोपियन यूनियनले पनि नाभाल्नीको उपचारलाई लिएर चासो व्यक्त गरेका छन् ।

तर बेलायतका लागि रसियाका राजदूतले भने नाभाल्नीले आफुतिर आकृष्ट गर्न खोजेको भन्दै उनलाई जेलमा मर्न नदिइने बताएका छन् । पहिलाको जेल सजायका बेला राखिएका शर्तहरू उल्लङ्घन गरेको भन्दै मस्कोको एक अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नीलाई फेब्रुअरीमा साढे तीन वर्षको जेल सजाय सुनाएको थियो ।

नाभाल्नी सही उपचारको माग गर्दै विगत १९ दिनदेखि भोग हड्तालमा छन् । नाभाल्नीको रगत परीक्षणबाट उनको मुटु र किड्नीको समस्याले कुनै पनि समय देखिने तहमा पुग्ने उनका निजी चिकित्सकले बताएका छन् । रसियाको कारागार प्रशासनले भने सरकारी चिकित्सकको उपचार अस्वीकार गरेको जनाएको छ ।

गत अगस्टमा घातक विष आक्रमणमा परेका ४४ वर्षिय नभाल्नीको जर्मनीमा उपचार पछि स्वदेश फर्कदैं गर्दा विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । नाभाल्नी पक्राउ पछि रसियाका विभिन्न शहरमा व्यापक विरोध प्रदर्शन भएको थियो । राष्ट्रपति पुटिनको निर्देशनमा आफूलाई विष दिइएको नाभाल्नीको आरोपलाई क्रेमलिने भने अस्वीकार गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७