कारागारमा कैदीले गरे आत्महत्या


६ बैशाख २०७८, सोमबार
death

पाल्पा, ६ बैसाख । पाल्पा कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । कारागारको शौचालयमा झुण्डिएर स्याङ्जाका किसान गुरुङले आत्महत्या गरेका हुन् । भिरकोट नगरपालिका ७, स्याङ्जाका ३० वर्षीय गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले बताइन् ।

चोरी मुद्दामा कारागारको सजाय भोग्दै आएका थिए । २०७६ साल जेठमा स्याङ्जा कारागारमा परेका गुरुङ २०७६ सालको माघमा पाल्पा कारागारमा ल्याइएको बताइएको छ । पाँच वर्षको लागि कारागारको सजाय काट्दै आएका गुरुङको शव पोष्टमार्टम गरी परिवारलाई हस्तान्तरण गर्ने तयारीमा रहेको पाल्पा कारागारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७