शैक्षिक योग्यता कीर्तेको आरोपमा ७ जना चिकित्सक पक्राउ


६ बैशाख २०७८, सोमबार
doctor

काठमाडौं, ६ बैसाख । शैक्षिक योग्यता कीर्ते गरेको आरोपमा प्रहरीले ७ जना चिकित्सकलाई पक्राउ गरेको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) काठमाडौं, भक्तपुर र ललितपुरसहित विभिन्न जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

एसएलसीको शैक्षिक प्रमाण पत्र किर्ते गरेको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीले केही दिनअघि उनीहरुलाई पक्राउ गर्नका लागि अभियान नै चलाएको थियो ।

पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने सीआईबीले जनाएको छ । पक्राउ परेकाहरुमध्ये केही चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी समेत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७