मालीमा जिहादी समूह र शिकारीबीच झडप, ४० जनाको मृत्यु


७ बैशाख २०७८, मंगलवार
b1eea7a84e94f01bcd7dbcbec61be717 w1000 h500 cp

काठमाडौं, ७ बैसाख । मालीमा दुई पक्ष बीच झडप हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । लामो समयदेखि द्वन्द्वरत जिहादी समूह र परम्परागत शिकारीहरूबीच झडप हुँदा दुबै पक्षका गरी ४० जनाको मृत्यु भएको हो ।

देशको मध्यभागमा पर्ने मोप्ती क्षेत्रमा घटना भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । हिंसात्मक झडपका कारण झण्डै एक हजार स्थानीय विस्थापित भएका छन् । हिंसात्मक घटनाले स्थानीय बासिन्दा त्रसित र आतङ्कित भएको पाइएको छ ।

दुई पक्षका एक–एक जनाबाट सुरु भएको विवाद बढ्दै गएर हिंसात्मक रूप लिएपछि झण्डै ४० जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । मालिमा जिहादी विद्रोही र परम्परागत सिकारीहरूबीच बेला बेलामा यस्ता हिंसात्मक घटना हुदै आएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७