दोस्रो चरणको कोभिड भ्याक्सिन थालियो लगाउन {फोटोफिचर}


८ बैशाख २०७८, बुधबार
corona khop 1 1 scaled

काठमाडाैं, ७ बैशाख । कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा मंगलबारदेखि लगाउन सुरु गरिएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज लगाएकालाई दोस्रो डोज लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारीहरुले लिएका थिए ।

उक्त अवधिमा पहिलो डोज खोप लगाएका व्यक्तिले बैंशाख ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन पाउने छन् । पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोप दिइएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो मात्राको खोपका लागि उपत्यकाका विभिन्न अस्पतालमा केन्द्र बनाएको छ । पहिलो मात्रा करिब १८ लाख जनाले लगाएका थिए ।

हेर्नुहाेस् तस्बिर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७