म्यानमारका १० जना सैन्य अधिकारी र दुई समूहमाथि युरोपियन युनियनको प्रतिबन्ध


८ बैशाख २०७८, बुधबार
european union

काठमाडौं, ८ बैसाख । युरोपियन युनियन (ईयू) ले म्यानमारका १० जना सैनिक अधिकारी र दुई वटा सैन्य समूहलाई प्रतिबन्ध लगाएको छ ।
गत फेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हातमा लिएको सेनाले आम नागरिकको विरोध प्रदर्शन दवाउन कठोर बल प्रयोग गरेको भन्दै युनियनले प्रतिबन्धको घोषणा गरेको हो ।

म्यानमारको लोकतन्त्र र कानुनको शासनलाई कमजोर पार्न पार्ने र दमनकाी नीति लिएको ईयूले आरोप लगाएको छ । म्यानमारको सेनाले फेब्रुअरी २१ देखि मानवअधिकारको गम्भीर उल्लंघन गर्न तीन नौ जना उच्च सैन्य अधिकारीको मूख्य मूमिका रहेको ईयूको दावी छ । राष्ट्रसंघ र पश्चिमा देशहरुले यसअघिदेखि नै म्यानमारमा सेनाले चालेको कदमको विरोध गर्दै आएका छन् ।

सेनाको कदमको विरोधमा लामो समयदेखि भइरहेको विरोध प्रदर्शनकारीमाथि प्रतिशोध साँधेर सेनाले यातना दिने गरेको ईयूको ठहर छ । म्यानमारमा जारी आन्दोलका क्रममा हालसम्म करिब ८ सय सर्वसधारणको मृत्यु भइसकेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । सो क्रममा चारह हजार भन्दा बढी सर्वसाधारण पक्राउ परेका थिए । हालसम्म पनि ३ हजार २ यस जना हिरासतमै रहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७