कन्टेनरको भाडा ४ गुणासम्म बढाइयो


९ बैशाख २०७८, बिहीबार
birgunj Bhansar 7 1 g09Em7rfN2

वीरगञ्ज, ९ बैसाख । तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । बन्दाबन्दी खुलेयता सिपिङ कम्पनीहरूले ४ गुणासम्म भाडा बढाएको आयातकर्ताले बताएका छन् ।

गत असोजयता ७ महिनाभित्रै सिपिङ कम्पनीहरूले ४ गुणासम्म भाडा वृद्धि गरेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले बताए । अध्यक्ष लाठका अनुसार गत असोजअघि चीन र यूरोपेली देशबाट प्रतिकन्टेनर ढुवानी खर्च १ हजार ५ सय अमेरिकी डलरसम्म पर्ने गरेकोमा अहिले ६ हजार डलर पुर्‍याएका छन् ।

सिपिङ कम्पनीले यसअघि ४० फिटको कण्टेनर वीरगञ्ज सुक्खा बन्दरगाहसम्म १ हजार ५ सय डलरमा ढुवानी गर्दै आएका थिए । ‘बन्दाबन्दीपछि उत्पादन र व्यापार ह्वात्तै बढेको मौका छोपेर सिपिङ कम्पनीले कन्टेनरको भाडा बढाए । यसबाट आयातित तयारी वस्तु र स्वदेशी उत्पादनको लागत बढेको छ,’ अध्यक्ष लाठको भनाइ छ ।

आयातित वस्तुमा ढुवानी खर्च बढेपछि उपभोक्ता मूल्य प्रभावित भएको व्यवसायीहरूको दाबी छ । अहिले खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७