पूर्वमन्त्री शेरबहादुर तामाङ बने एमालेको कार्यालय सचिव


१० बैशाख २०७८, शुक्रबार
sher Bahadur Tamang

काठमाडौं, १० बैसाख । पूर्व कानूनमन्त्री शेरबहादुर तामाङ नेकपा एमाले केन्द्रीय कार्यालयको सचिव बनेका छन् । प्रचण्ड–नेपाल समूह परित्याग गरी पार्टी अध्यक्ष केपी शर्मा ओली समूहमा पुगेका तामाङलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवार दिएको छ ।

तत्कालीन नेकपामा शुरुमा प्रचण्ड–माधव नेपाल समूहमा रहेका तामाङ पछि केपी ओली समूहमा लागेका थिए । एमालेमा यसअघि नै ईश्वरी रिजाल कार्यालय सचिव छन् । तामाङ थपिएपछि अब दुई जना कार्यालय सचिव भएका छन् । तामाङले आफूले कार्यालय सचिवको जिम्मेवारी पाएको जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७