आईपीएल : हैदराबादसँगको खेलमा दिल्ली सुपर ओभरमा विजयी


१३ बैशाख २०७८, सोमबार
ipl EJpF7B8hsH

काठमाडौं, १३ बैसाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।
गए राति चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै दिल्ली चौथो पटक विजयी भएको हो ।

जितसँगै दिल्ली खेल तालिकाको दोस्रो स्थानमा पुगेको छ । दिल्लीले ५ खेलमा ८ अङ्क जोडेको छ । दिल्लीले दिएको १६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन मात्रै बनाउन सक्यो । त्यसपछि खेलको छिनोफानो सुपर ओभरमा गरिएको हो ।

सुपर ओभरमा हैदराबादले ७ रन बनाएको थियो । जवाफमा दिल्लीले ८ रन जोड्दै विजयी भएको हो । सुपर ओभरमा जानुअघि हैदराबादका केन विलियम्सनले ६६ रनको अर्धशतकीय योगदान गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७