सार्कसम्बद्ध पाँच मुलुकसँग चीनको भिडियो बैठक, नेपाललाई थप नौ करोड बराबरको सहायता घोषणा


१५ बैशाख २०७८, बुधबार
China2021 04 27 07 49 05

काठमाडौं, १५ बैसाख । चीनले नेपाललाई कोभिड– १९ विरुद्धको लडाइँका लागि करिब नौ करोड २० लाख रुपैयाँ (५० लाख चिनियाँ मुद्रा) बराबरको सहायता दिने घोषणा गरेको छ ।

दक्षिण एसियाली पाँच मुलुक नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानका परराष्ट्रमन्त्रीहरूसँग चिनियाँ परराष्ट्रमन्त्रीले मंगलबार गरेको भिडियो कन्फ्रेन्स बैठकका क्रममा यो घोषणा भएको हो । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपालका लागि यो घोषणा गरेका हुन् ।

चिनियाँ परराष्ट्रमन्त्री यीले गत वर्ष नेपाल, पाकिस्तान र अफगानिस्तानका परराष्ट्रमन्त्रीहरूसँग भिडियो बैठक आयोजना गरेका थिए । त्यसक्रममा उनले कोभिड– १९सँग सामना गर्ने उपायबारे जानकारी दिएका थिए । यस पटक पनि कोभिड– १९ को दोस्रो लहरले पछिल्ला दिनमा भारतको जनजीवन नराम्ररी प्रभावित पारेपछि चीनले भारतवरिपरिका देशसँग सम्बन्ध विस्तार गरिरहेको छ ।

दक्षिण एसियाली भुटान, भारत, माल्दिभ्सबाहेकसँग चीनले छलफल गर्नुलाई अर्थपूर्ण मानिएको छ । भुटान र माल्दिभ्स भारतसँग अत्यन्तै नजिक छन् भने सीमा विवाद तथा वेलावेलामा सीमामा हुने सैनिकहरूबीचको तनावका कारण चीनसँग भारतको सम्बन्ध उतारचढावपूर्ण रहँदै आएको छ ।

चीनले कोभिडविरुद्ध खोपका लागि यसअघि आठ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ । चिनियाँ मन्त्री यीले नेपाललाई चीनले थप नौ करोड २० लाख रुपैयाँबराबरको खोप वा नेपालले मागेको सहायता उपलब्ध गराउने वचनबद्धता दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७