निषेधाज्ञाको समयमा पनि पेट्रोल पम्प खुलै रहने


१६ बैशाख २०७८, बिहीबार
oil nigam

काठमाडौं, १६ बैसाख । नेपाल आयल निगमले निषेधाज्ञाको समयमा पनि उपत्यकाका पेट्रोल पम्प खुलै रहने जनाएको छ ।

बुधबार सूचना प्रकाशित गरी निगमले निषेधाज्ञाको समयमा पनि थानकोटस्थित निगमको क्षेत्रीय कार्यालय खुलै रहने र उपत्यकाका पेट्रोल पम्पहरु पनि खुला रहने स्पष्ट पारेको छ ।

उपत्यकाका तीनै जिल्लामा भोलि (बिहीबार) बिहानैदेखि १५ दिनका लागि निषेधाज्ञा लागू हुँदैछ । सो समयमा पनि एम्बुलेन्स, सुरक्षा, प्रेस, पानी, खाद्यान्न लगायतका अत्यावश्यक सावारी साधन सञ्चालन हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७