अष्ट्रेलियाको राजदूतबाट महेश दाहाललाई बोलाइयो फिर्ता


२१ बैशाख २०७८, मंगलवार
afjkamdgkgdgm1620112176

काठमाडौं, २१ बैसाख । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । उनलाई गत वर्ष जेठ २५ गते सरकारले राजदूत सिफारिस गरेको थियो ।

अहिले फिर्ता बोलाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । सरकारले अर्को राजदूत सिफारिस भने नगरेको ती मन्त्रीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७