ओलीको घृणित राजनीतिले देशलाई संकटमा पुर्‍यायो : भीम रावल


२३ बैशाख २०७८, बिहीबार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौं, २३ बैसाख । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको घृणित राजनीतिले देशलाई संकटमा पुर्‍याएको आरोप लगाएका छन् । उनले विपक्षी दलसँग सत्ता सहकार्यको परामर्श गरेर ओलीले घृणित राजनीति गरेको बताएका छन् ।

आज (बिहीबार) बिहान ट्वीटमार्फत नेता रावलले एमालेका आफ्नै सांसदलाई कारवाही गरेर विपक्षी दलसँग समर्थन गर्न अनुनय विनय गर्नु ओलीको अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठाका रुपमा टिप्पणी गरेका छन् ।

‘प्रम केपीले दलमा विधान मिच्दै निरंकुश रूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु, कारबाही गर्नु र कुनै छलफल–परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो’ उनले भनेका छन्, ‘यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७