जसपाका सांसदहरुले आफूखुसी मतदान गर्न पाउने


२६ बैशाख २०७८, आईतवार
Baburam and Upendra Vs Mahanta and Rajendra

काठमाडौँ, २६ बैशाख । जनता समाजवादी पार्टी (जसपा)ले बीचको निर्णय गरेको छ । जसपाको शीर्ष नेताको बैठकले सोमबार हुने सरकारलाई विश्वासको मतको मतदानमा आफ्ना सांसदहरुलाई ह्विप जारी नगर्ने निर्णय गरेको हो ।

पार्टी नेता बाबुराम भट्टराईको निवासमा बसेको बैठकले विश्वासको मतको पक्ष वा विपक्षमा मतदान गर्न सांसदहरुलाई स्वत्रन्त्र छोड्ने निर्णय गरेको नेता राजेन्द्र श्रेष्ठले बताए । श्रेष्ठले सांसदहरूलाई पक्षमा, विपक्षमा भोट हाल्न वा नहाल्न पनि छुट रहेको बताए।

आइतबार बिहान राजपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीलाई मत नदिएर तटस्थ बस्ने तयारीमा रहेका जसपा अध्यक्ष ठाकुरले वरिष्ठ नेता महतोलाई समेत लिएर काङ्ग्रेस सभापति देउवासंग डेढघन्टा छलफल गरे थिए ।

प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैँछन् । संसद्‍मा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ । त्यसकारण ओलीलाई अझै १५ सांसद अपुग हुन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७