जीवनसाथी रोज्दा अनुहार हेरेर नरोज्नु : सुवानी मोत्तान


१२ फाल्गुन २०७४, शनिबार
Subai Moktan

बाह्य लुक्सले प्रभाव पार्दैन
बाह्य लुक्सले फरक पार्दैन । भन्नुको मतलब जीवनसाथीका लागि रोज्नुपर्दा म उसको भित्री गुणमा फोकस हुन्छु । बाह्य रूप क्षणिक र भित्री गुण जीवन्त हुन्छ । मान्छेको व्यावहारिक गुणले नै हो जीवन्त हुने भनेको । बाह्य लुक्स एकदम आकर्षक भएको व्यक्ति देख्दा जोकोहीले हेर्छ, तर आफ्नो लाइफ पार्टनरका रूपमा भने भित्रि गुण नै हेरिन्छ । भनिन्छ नि ‘पुस्तक किन्दा खोल हेरेर नकिन्नु ।’ त्यस्तै हो जीवनसाथी रोज्दा पनि ।

Subai Moktan

म्याचुअर्ड हुनुपर्छ
मेरो जीवनसाथी व्यवहारले म्याचुअर्ड, जस्तोसुकै अवस्थालाई ह्यान्डल गर्न सक्ने, आफ्नो अडानमा रहन सक्ने हुनुपर्छ । परिपक्वता उमेरले भइन्छ भन्ने होइन । त्यस्तो हुनुभएन । अडिग विचार भएको हुनुपर्छ । मान्छेको बुझाइको दायराले हुने हो । कतिपय १६ वर्षेहरू पनि विचारले सारै परिपक्व हुन्छन्, कतिपयको ५० वर्ष पुग्दा पनि बचपना व्यवहार हुन्छ । मेरो जीवनसाथी व्यावहारिक र गम्भीर हुनुपर्छ ।

जुनसुकै क्षेत्रको हुन सक्छ
म सांगीतिक क्षेत्रमा छु । त्यसैले मेरो पेसा बुझ्ने हुनुपर्छ । यसै क्षेत्रकै हुनुपर्छ भन्ने छैन । यही क्षेत्रको भए हुन्थ्यो भन्ने पनि सोचेकी छैन । कहिलेकाहीँ सोच्दा यही क्षेत्रको भए सहज हुन्छ भन्ने लाग्छ, कहिले अरू क्षेत्रको भए झनै रमाइलो होला कि जस्तो पनि लाग्छ । मलाई बुझ्ने, मेरो फिल्डलाई सम्मान गर्ने हुनुपर्छ ।

जातले फरक पार्दैन
कुनै पनि सम्बन्धमा आवश्यक पर्ने भनेको विश्वास हो । मन मिलेपछि अन्य जात, धर्म, संस्कारले फरक पार्दैन भन्ने लाग्छ । त्यसै पनि म अन्तर्जातीय बुवाआमाको सन्तान हुँ । त्यसले पनि होला मलाई यही जात हुनुपर्छ भन्ने लाग्दैन । तर, कहिलेकाहीँचाहिँ तामाङसँगै विवाह गर्दा कस्तो हुन्छ होला भन्नेजस्ता कुरा मनमा आउँछ ।

कम्प्रमाइज गर्नु जरुरी छैन
आधुनिक जमाना छ । जाँड, रक्सी, चुरोट प्रायः युवा पुस्तामाझ छाएको छ । यो बढ्दो आधुनिकीकरणसँगै पश्चिमा सिनेमाहरूको प्रभाव पनि होलाजस्तो लाग्छ । यो स्वास्थ्यका हिसाबले राम्रो होइन । राम्रो वा नराम्रोभन्दा पनि व्यक्तिको हेराइ र बुझाइमा फरक पर्ने कुरा हो जस्तो लाग्छ । मेरो हुने जीवनसाथीले पिउँदैन भने त झनै राम्रो । तर, पिउँछ भने पनि मेरा लागि छोड भनेर फोर्स गर्दिनँ ।

-गज्जबको साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७