पूर्व एआईजीको घरमा कार्यरत प्रहरीले गरे आत्महत्या


३० बैशाख २०७८, बिहीबार
2cd197ec1082f394455846e7e4db0736 w1000 h500 cp

काठमाडौं, ३० बैसाख । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) कमलसिंह बमको घरमा कार्यरत प्रहरी सहयोगीले आत्महत्या गरेका छन् ।

मूलपानीस्थित ग्रिनहिल सिटीस्थित बमको घरमा कार्यरत प्रहरी परिचर बासुदेव धमलाले बिहीबार बिहान झुण्डिएर आत्महत्या गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए । ओखलढुंगा घर भएका धमलाले आफू बस्ने टहरोमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ । उनलाई बस्नका लागि छुट्टै टहरो बनाइएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दरबन्दी भएका धमला ४ वर्षदेखि बमको घरमा कार्यरत थिए । शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको एसपी बस्नेतले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७