पुनः प्रम नियुक्त ओलीको सपथ आज, नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद विस्तार गरिंदै


३१ बैशाख २०७८, शुक्रबार
kp oli w1WgsmGHvj

काठमाडौं, ३१ बैसाख । तेस्रोपल्ट प्रधानमन्त्रीमा नियुक्त केपी ओलीलाई आज (शुक्रबार) २ बजे सपथ गराउने राष्ट्रपति कार्यालयको तयारी छ । शुक्रबारै ओलीले अहिलेका आधा जति मन्त्रीलाई निरन्तरता दिने गरी मन्त्री नियुक्तिको तयारी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार पहिलो चरणको मन्त्रिमण्डल विस्तारमै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहलाई पनि समेट्ने तयारी गरेका छन् ।

‘वरिष्ठ नेतासँग प्रधानमन्त्रीले यसअघि पहिलो चरणमा मन्त्री बन्नु भएकालाई आवश्यकताअनुसार बिदा दिने र नयाँ मन्त्री नियुक्त गर्ने सहमति गर्नुभएको छ, त्यसअनुसार नै केही नयाँ अनुहार समेत समेटेर मन्त्री नियुक्त हुनेछन्,’ प्रधानमन्त्री निकट स्रोतले भन्छ ।
नेपाल समूहबाट ओलीकै टिममा मन्त्री भइसकेका बाहेकलाई पहिलो चरणमा समेट्ने सम्भावना रहेको बताइएको छ । जसअनुसार पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसहित नेपाल समूहका केही नेता पहिलो चरणमा मन्त्री बनाइने बताइएको छ ।

kp oli pm.jpg .2021 05 13

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७