सूर्य नेपालद्वारा तीन सरकारी अस्पताललाई ६५ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान


३१ बैशाख २०७८, शुक्रबार
surya nepal

काठमाडौं, ३१ बैसाख । सूर्य नेपाल प्रा. लि. द्वारा काठमाण्डौका ३ सरकारी अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ । कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल स्थित राष्ट्रिय ट्रमा सेन्टर र निजामति कर्मचारी अस्पताल लाई ल्याटेक्स पन्जा सर्जिकल मास्क, अनुहार ढाक्ने फेस सिल्ड, व्यक्तिगत सुरक्षा उपकरण र अक्सिमिटर प्रदान गरेको हाे।

स्वास्थ्य सामग्रीहरु सम्बन्धित अस्पतालका कार्यकारी निर्देशकहरुलाई शुक्रबार हस्तान्तरण गरे । स्वास्थ्य सामग्री हस्तान्तरण र वितरणको कार्यलाई ती अस्पतालमा कार्यरत चिकित्सकहरुको प्रतिनिधित्व सहित काठमाण्डौ स्थित एउटा गैर नाफामूलक संस्था भ्न्द्यइक्ब् ले सहजीकरण गरेको थियो ।
विद्यमान कोभिड १९ महामारीको दोश्रो लहरले मुलुकको स्वास्थ्य प्रणालीमा पारेको उल्लेख्य दवावलाई विचार गरी यस प्रकारको अभूतपूर्व संकटको घडिमा कम्पनीले अन्य विभिन्न क्रियाकलापहरु समेत सञ्चालन गर्ने योजना रहेको छ ।

यस वर्षको शुरुवातमा नै कम्पनीले ने.रु. ७ करोड रकम (प्रत्येक प्रदेशलाई रु. १ करोडका दरले) ७ वटै प्रदेशहरुमा स्थापनमा गरिएको ‘कोभिड १९ उपचार तथा नियन्त्रण कोष’मा योगदान गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७