दोस्रो खेप स्वास्थ्य सामग्री लिन आज नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै


१ जेष्ठ २०७८, शनिबार
nepal airlines1620730085

काठमाडौं, १ जेठ । चीनले अनुदानमा उपलब्ध गराएको अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री लिन आज (शनिबार) नेपाल एयरलाइन्सको वाइडबडी जहाज फेरि बेइजिङ जाँदैछ ।

स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज आज साँझ बेइजिङ उड्ने नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिएका छन् । यो जहाजले कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्टे«टर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने छ ।

Medical Equipments in China for Nepal
नेपाल पठाउनका लागि बेइजिङमा तयार अवस्थामा राखिएका स्वास्थ्य सामग्री । तस्विर स्रोत : चीनको राजदूत होउ यान्छी

यसअघि गत वैशाख २७ गते पनि पहिलो खेप स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज चीनको राजधानी बेइजिङ गएको थियो । चार सय थान अक्सिजन सिलिण्डर, १६० थान अक्सिजन कन्सन्टे«टर, १० थान भेन्टिलेटर लगायतका सामग्री लिएर वैशाख २८ गते जहाज काठमाडौं आइपुगेको थियो ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा दिने घोषणा यसअघि नै गरिसकेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल पठाउनका लागि दोस्रो खेप अक्सिजन सिलिण्डर तयार भएको जानकारी गराएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७