कोरोनाबाट बाँके-बुटवलमा थप १० जनाको मृत्यु


२ जेष्ठ २०७८, आईतवार
butwal

बाँके, २ जेठ । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप सात जनाको ज्यान गएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत सात संक्रमितको मृत्यु भएको हो

फोकल पर्सन वलीका अनुसार मधुवन नगरपालिका–९ बर्दियाका ४० वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दियाका ५० वर्षीय पुरुष, रुम्टिगढी–३ रोल्पाका ३५ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–२ बर्दियाका ८७ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–१९ बाँकेका ६० वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१५ बाँकेका ६७ वर्षीय पुरुषको भेरी अस्पतालमा र गौरीगंगा गाउँपालिका–४ कैलालीका ५२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा निधन भएको हो ।

कोरोना भाइरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २३४ र जिल्ला बाहिरबाट बाँकेमा उपचार गर्न आएका १८३ संक्रमितको मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिए ।

बुटवलमा थप तीन जनाको मृत्यु
रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ । वैशाख २६ गते भर्ना भएका नवलपरासीको भूमही–६ का ४८ वर्षीय पुरुषको आइतबार बिहान १२ बजेर ४० मिनेटमा र २८ गते भर्ना भएका गुल्मीको सत्यवती ५ का ४५ वर्षीय पुरुषको बिहान ५ बजेर १५ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

त्यस्तै शनिबार बेलुकी अस्पताल ल्याइएका तिलोत्तमा–४ का ३६ वर्षीय पुरुषको ९ बजेर ५५ मिनेटमा मृत्यु भएको उनले जानकारी दिए । उनीहरूमध्ये एकको भेन्टिलेटर र दुई जनाको आकस्मिक कक्षमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७