वागमती प्रदेश प्रहरीले प्रशिक्षणमा काठका डमी हतियार प्रयोग गर्ने


२ जेष्ठ २०७८, आईतवार
gun domy

हेटौंडा, २ जेठ । वागमती प्रदेश प्रहरीले फायरीङ बाहेकका अन्य प्रशिक्षण गतिविधिमा काठका डमी हतियार प्रयोग गर्ने भएको छ । प्रहरीको प्रशिक्षण प्रदान गर्ने इकाईहरुबाट हाल नियमित प्रयोग गरिने सक्कली हतियार प्रयोग गर्दै आईरहेकोमा उक्त हतियारहरु बिग्रने, फुट्ने, तथा काम नलाग्ने हुने हुँदा डमी हतियार प्रयोग गर्न लागिएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी मिरा चौधरीले जानकारी दिइन् ।

वागमती प्रदेश प्रहरी कार्यालयको वार्षिक कार्ययोजना–२०७७ मा उल्लेख भएको क्रियाकलाप अनुसार ५ सय थान काठको डमी हतियार निर्माण गरी वागमती प्रदेश अन्तर्गतको प्रमुख तथा सहायक प्रशिक्षण प्रदायक इकाईमा वितरण गरी प्रयोग गर्ने अवधारणा अघि सारिएको थियो ।

Kathka dommy hatiyar dommyweapon 1

सो कार्यालयको आन्तरिक स्रोत साधन तथा हातहतियार मर्मत शाखामा कार्यरत प्राविधिक प्रहरी जनशक्तिबाट पहिलो चरणमा ५० थान काठको डमी हतियार निर्माण गरिएको प्रहरीले जनाएको छ । सक्कली हतियारको तौल र आकारमा निर्माण गरी वागमती प्रदेश प्रहरीको प्रमुख प्रशिक्षण प्रदान गर्ने इकाई वागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीलाई ५० थान काठको डमी हतियार प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामाले हस्तान्तरण गरेका थिए ।

फायरीङ बाहेकको अन्य हातहतियार प्रशिक्षण कार्यमा सक्कली हतियार प्रयोग नगरी डमी हतियार प्रयोग गर्दा सक्कली हतियार टुट्ने, फुट्ने नभई सुरक्षित रहने भएकोले परीक्षणको रुपमा वितरण गरिएका डमी हतियारहरुले पार्ने प्रभावलाई विश्लेषण गरी आवश्यकता अनुसार थप निर्माण तथा वितरण गरिदै जाने प्रवक्ता चौधरीले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७