स्वास्थ्य संकटकाल घोषणा गर्न निजी क्षेत्रको सुझाव


३ जेष्ठ २०७८, सोमबार
Sekhar Golchha Satish more aU1hAhb4Dh

काठमाडौं, ३ जेठ । निजी क्षेत्रले सरकारलाई स्वास्थ्य संकटकाल लगाउन सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्बन्धित मन्त्रालयका अधिकारी, चिकित्सक,अस्पताल प्रशासन र निजी क्षेत्रका प्रतिनिधिहरुसँगको छलफलमा निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वास्थ्य संकटकाल लगाउने बारे सोच्नुपर्ने बताएका हुन् ।

उनले स्वास्थ्य संकटकाल घोषणा गरे विश्वको ध्यान नेपालतिर आउने र प्राथमिकताको साथ उपचार गर्न सकिने बताए । अमेरिकासँग नेपाल सरकारले अनुदान अथवा किनेरै भए पनि ल्याउने गरी भ्याक्सिन माग्नुपर्ने पनि उनले बताए । चिकित्सा शिक्षा अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरुलाई अस्पतालमा काम गर्न लैजानुपर्ने उनकमो भनाइ थियो ।

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले कतिपय जिल्लामा कतै अक्सिजन हुने सिलिण्डर नहुने र कतै सिलिण्डर हुने अक्सिजन नहुने समस्या रहेको भन्दै यस्तो समस्या हल गर्न ध्यान दिनुपर्ने बताए । उनले अक्सिजन आयात गर्न सरकारले भारत सरकारसँग संवाद गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले अक्सिजनको आपूर्ति सहज बनाउने काममा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरेपछि कोरोना संक्रमितको उपचाका लागि निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अक्सिजन फ्याक्ट्रीमा आफ्नो कम्पनीको सिलिण्डर भए भरिदिने र अर्को कम्पनीको भए नभरीकन फिर्ता पठाउने गरिएको भन्दै जुनसुकै कम्पनीको भएपनि भर्ने व्यवस्था गर्नुपर्ने बताउए । अक्सिजनको आवश्यकता पुर्ति गर्नका लागि जीटूजीमार्फत् आयात गर्नुपर्नेमा उनले जोड दिए ।

होम आइशोलेसनमा बस्नेहरुका लागि सल्लाह, सुझाव दिनको लागि चिकित्सकहरुको मोवाइल टिम बनाउनुपर्ने उनले बताए । चेम्बरले ३०० थान अक्सिजन सिलिण्डर मगाएको र तीन–चार दिनभित्र सरकारी अस्पताललाई दिइने पनि उनले बताए ।

यसैगरि, गैर आवासिय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोले तत्कालै २० हजार अक्सिजन सिलिण्डर र ५०० भेन्टीलेटर सरकारले ल्याउनुपर्ने बताए । ठूलो अक्सिजन प्लान्ट तत्कालै बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।

वरिष्ठ चिकित्सक डा. चक्रराज पाण्डेले बिरामीको अवस्था हेरेर अस्पताल भर्ना गरिनुपर्ने बताए । अनावश्यक भर्ना भएका बिरामीलाई भन्दा अतिआवश्यक अवस्थाका बिरामीलाई अस्पतालमा भर्ना गरेमा बचाउन सकिने उनको भनाइ छ ।

वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले अक्सिजन उत्पादनमा काम गर्ने मानिसहरुलाई भ्याक्सिन तथा जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने बताए । बढीभन्दा बढीलाई भ्याक्सिन लगाउनुपर्नेमा उनको जोड छ । ९२ प्रतिशत कोरोना संक्रमित घरमै बस्ने गरेको भन्दै उनले चिकित्सकहरुले होम आइशोलेसनमा बसेकाहरुलाई सल्लाह सुझाव दिन नसकेकाले होम आइशोलेसनमा बस्नेहरुको लागि टेलिभिजनमार्फत् जानकारीमुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । कारोबार दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७