जसपाकाे महन्थ पक्षले उपेन्द्र यादवलाई पनि पार्टी साधारण सदस्यबाटै हटायो


१८ जेष्ठ २०७८, मंगलवार
Upendra mahantha

काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यबाटै हटाएको छ । बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

पार्टीका नेताहरुलाई कारवाही गर्ने र पार्टीभित्र फुटको सिर्जना गर्न खोजेकाले अध्यक्ष यादवलाई कारवाही गरिएको जसपा महन्थ पक्षका नेता प्रमोद साहले जानकारी दिए । अहिले पार्टी अध्यक्ष ठाकुले सकेसम्म पार्टीलाई बचाउन खोजेको उनले बताए । साहले अहिले मधेशका मुद्धाहरुलाई सरकारले सम्बोधन गरिरहदा खुसी मनाउनुपर्ने बेला कारवाही गरेर मधेका जनताको भावनामाथि यादव पक्षले प्रहार गरेको जिकिर गरे ।

यसअघि यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएको छ । कार्यकारिणी समितिको बैठकलगत्तै यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिएको पत्र आयोगमा पठाएको हो । निर्वाचन आयोगमा दुवै अध्यक्षको नाम दर्ता छ ।


उता यादव पक्षले भने आजै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणकर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरणको जवाफ नदिएको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । उक्त कारबाहीको जानकारीको पत्र निर्वाचन आयोगमा दर्ता भएको नेता डम्बर खतिवडाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७