नेपाल–खनाल पक्षलाई एकता प्रस्ताव राख्दै प्रचण्डमाथि ओलीले लगाए यस्ता आरोप


२४ जेष्ठ २०७८, सोमबार
kp oli prachanda

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (ने क पा) तत्कालीन एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण फुटेको आरोप लगाएका छन् ।

आफ्नो पार्टीका असन्तुष्ट माधव नेपाल पक्षलाई समेट्न एमालेलाई २०७५ जेठ ३ मै फर्काउने घोषणसहित ओलीले सार्वजनिक गरेको ६ बुँदे प्रस्तावमा सर्वोच्च अदालतको फैसलाका कारण नभई प्रचण्डको अनिच्छाका कारण नेकपा एकता भंग भएको आरोप लगाएका छन् ।

‘सर्वोच्च अदालतले त नेपाल कम्युनिष्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको हुनाले त्यससँग नाम जुझ्नेगरी गरिएको दर्ता मिलेन भनेको हो । एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो । यसका लागि समय पनि दिएको हो,’ ओलीले भनेका छन्, ‘पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफैं पहल पनि लिएको हुँ । तर पुष्पकमल दहाल ‘प्रचण्ड’ को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन ।’

यसै कारण आफूहरू पुरानै पार्टी एमालेलाई क्रियाशील बनाउन बाध्य भएको ओलीले वक्तव्यमा उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘त्यसपछि मात्रै हामी एकीकरणका पक्षधरहरूको साझा पार्टी, एकताको विरासत बोकेको पार्टीका रूपमा नेकपा (एमाले) लाई नयाँ स्वरूप र गतिका साथ अगाडि बढाउने निष्कर्षमा पुगेका हौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७