काठमाडौंमा भोलिबाट चिनियाँ खोप लगाउन तोकियो ३२ केन्द्र (सूचीसहित)


२४ जेष्ठ २०७८, सोमबार
korona khop

काठमाडौं, २४ जेठ । स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ५२ स्थानमा केन्द्र तोकेर खोप लगाउने भएको छ । आज (सोमबार) विज्ञप्ति जारी गर्दै कार्यालयले भोलिदेखि शुरु हुने ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूका लागि काठमाडौंभरका ५२ स्थानबाट खोप लगाइने जनाएको छ । जिल्लाका स्थानीय तहहरूले बढीमा पाँच दिनभित्र चीनले अनुदानमा दिएको भेरोसेल खोपको पहिलो मात्रा लगाइसक्न कार्यालयले निर्देशन दिएको छ ।

खोप लगाउनका लागि काठमाडौं महानगरपालिमा ३२ तथा कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, दक्षिणकाली, बुढानिलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका दुई–दुई खोप केन्द्र तोकिएको कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए ।

1
2 1
3 1

काठमाडौं महानगरपालिकाका ३२ स्थान जहाँका कोभिडविरुद्धको भेरोसेल खोप लगाइन्छन् । महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइनेछ । २९ गतेसम्म चल्ने खोप अभियानमा हरेक दिन फरक फरक उमेर समूहका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ ।

जसअन्तर्गत् २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र अन्तिम दिन अर्थात् २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउने तयारी गरिएको महानगरपालिकाका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

काठमाडौंका विभिन्न वडाका खोप केन्द्रको नाम
१. नन्दी रात्री स्कुल, नक्साल

२. वडा कार्यालय, लाजिम्पाट

३. वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र

४. वडा कार्यालय, वालुवाटार

५. वडा कार्यालय, हाँडीगाउँ

६. महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध

७. वडा कार्यालय, मित्रपार्क, चावहिल

८. गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी

९. अनुपम फुडल्याण्ड, बत्तीस पुतली

१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर

११. विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर

१२. बुद्ध माई अस्पताल, टेकु

१३. जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी

१४. वडा कार्यालय, भुवनेश्वरी कलंकी

१५. भुइँखेल चौर, स्वयम्भू

१६. बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार

१७. पब्लिक युथ क्याम्पस, धोवी चौर

१८. पुष्पलाल पार्क, विष्णुमती किनार

१९. वडा १९ कार्यालय परिसर,

२०. शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी

२१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल

२२. वडा कार्यालय, टेवहाल

२३. नव आदर्श विद्यालय, बसन्तपुर

२४. इतुमबहाल, तारणीबहाल

२५. कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी

२६. वडा कार्यालय परिसर, लैनचौर

२७. महावौद्ध चोक

२८. कार्यालय परिसर, सिटी मार्केट

२९. विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार

३०. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक

३१. इ. पि. यस. स्कूल, मीनभवन

३२. वडा कार्यालय परिसर, पाल्पाकोट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७