भारतको केमिकल कारखानामा आगलागी, १८ जनाको गयो ज्यान


२५ जेष्ठ २०७८, मंगलवार
india 43O0Mgqz74

नयाँदिल्ली, २५ जेठ । भारतको महाराष्ट्र राज्यको पुणे शहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ ।

हिजो बेलुकी भएको आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको छ । आगलागी शुरु हुँदा कारखानामा ३७ मजदुर काम गरिरहेका थिए ।

हराएका मजदुरहरुको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७