नेपाल–खनाल पक्षका १७ सांसदको समर्थनले जोगियो मुख्यमन्त्री भट्टको पद


२५ जेष्ठ २०७८, मंगलवार
trilochan bhatta

धनगढी, २५ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनको पक्षमा ३० र विपक्षमा ९ मत आएको छ ।

उनको पद नेकपा एमालेको खनाल–नेपाल समूहले जोगाई दिएको छ । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक थियो । प्रदेशमा एमालेका सभामुख बाहेक २४ सदस्य छन् । जसमध्ये खनाल–नेपाल समूहका १७ सांसदले भट्टको पक्षमा मतदान गरेका छन् ।

ओली समूहका सात सदस्यले मुख्यमन्त्रीको विपक्षमा मत हालेका थिए । यस प्रदेशमा नेकपा (माओवादी केन्द्र) का १३ सदस्य छन् । १२ प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस भने तटस्थ बस्यो । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई सदस्यले भट्टको विपक्षमा मत हालेको हालेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७