सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज, २८ अर्बको बजेट ल्याउने तयारी


२७ जेष्ठ २०७८, बिहीबार
sudur Pradesh sabha

धनगढी, २७ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले आज (बिहीबार) आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि नीति तथा कार्यक्रम ल्याउँदै छ ।
बजेटमाथिको पूर्व छलफल सकिएपछि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो । त्यसका लागि बिहिवार दिउँसो ४ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको संसद सचिवालयका प्रवक्ता सिद्धराज चटौतले जानकारी दिए ।

उनका अनुसार सो प्रदेश सभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले अगामी आर्थिक वषको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ ।

कोरोना संक्रमणको दोस्रो लहरका कारण बजेट अधिवेशन बोलाउन नै ढिलाइ भएकाले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेर नीति तथा कार्यक्रम ल्याउन लागिएको प्रवक्ता चटौत बताउँछन् । ‘कोरोनाका कारण समयमा नै बजेट अधिवेशन बोलाउन सकिएन। त्यसैले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेर केही प्रक्रिया छोट्याएर नीति तथा कार्यक्रम ल्याउन लागिएके हो’, उनले भने ।

सुदूरपश्चिम प्रदेशसभा नियमावलीमा बजेट प्रस्तुत हुनुभन्दा १५ दिनपहिले नै प्रिबजेट प्रस्तुत भएर छलफल प्रारम्भ गर्नुपर्ने र एक साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गरेर छलफल गर्नुपर्ने व्यवस्था छ ।

यद्यपी कोरोनाका कारण समयमै बजेट अधिवेशन बोलाउन नसकिए पछि यस वर्ष अध्यादेशमार्फत ऐन संसोधन गरिएको थियो । सुदूरपश्चिम प्रदेशमा २१ जेठदेखि बजेट अधिवेशन सुरु भएको थियो । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर असार १ गते झण्डै २८ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७