बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत, के–के छन् प्राथमिकतामा ? (पूर्णपाठ)


२७ जेष्ठ २०७८, बिहीबार
bisnu prasai YOzsRvLGqh

हेटौंडा, २७ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक बिहीबार प्रस्तुत गरेको छ । बागमती प्रदेश सभामा बिहीबार दिउँसो प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

बागमती सरकारले कोभिड–१९ रोकथाम नियन्त्रणलाई प्राथमिकता दिँदै शिक्षा स्वास्थ्य र कृषिका लागि अधिकांश पुरानै योजनालाई निरन्तरता दिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वको सरकारले यस पटक चौथो नीति तथा कार्यक्रम ल्याएको हो ।

सरकारले ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कोष’ मार्फत कोरोना नियन्त्रणमा विशेष जोड दिइने गरी कार्यक्रममा समेटेको छ । ‘उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम’, ‘जहाँ प्रविधि, पुँजी र सीप, त्यहाँ युवाको हित’लगायत दर्जनभन्दा बढी नारालाई निरन्तरता दिने उल्लेख गरिएको छ ।

यसैगरी, प्रदेश सरकारले आगामी आवमा ‘समाजवादउन्मुख विशेष कार्यक्रम’, ‘मेरो गाउँः उद्यमसहित जिउँने ठाउँ’ लगायत नयाँ योजनालाई प्राथमिकताका साथ अघि बढाइने गरी नीति तथा कार्यक्रममा समेटेको छ ।
पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७