जीप दुर्घटनामा एकको मृत्यु, एक घाइते


२८ जेष्ठ २०७८, शुक्रबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

डोटी, २८ जेठ । डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप ००१००१च २६१५ नंको महेन्द्रा बोलोरो जीप आज बिहान करिब ४ः४५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ५० वर्षीय जीपचालक हुकुम शाहको मृत्यु भएको छ । यसैगरी दुर्घटनामा परी बाजुरा जिल्ला बूढीगङ्गा नगरपालिका–८ बस्ने २६ वर्षीया देवीकुमारी शाह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । जीप अनियन्त्रित भई सडकबाट कम्तीमा १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७