६२२ स्वास्थ्यकर्मीको स्तरवृद्धि, को–को परे ? (सूचीसहित)


२८ जेष्ठ २०७८, शुक्रबार
korona khop jestha

काठमाडौं, २८ जेठ । स्वास्थ्य सेवा विभागले विभिन्न तहका ६२२ स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको छ । निषेधाज्ञाको समयमा पनि विभागले कर्मचारीलाई हौसला प्रदान गर्न आवश्यक कागजपत्र पुरा भएका स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको हो ।

०७७ साल पुस मसान्तसम्म विभागमा दर्ता भइ कागजात पुरा भएका स्वास्थ्यकर्मीमध्ये प्यारामेडिक्स तर्फ चौथोबाट पाँचौमा १२५ जना, पाँचौबाट छैठौंमा ३०८ जना र छैठौबाट सातौंमा १० जना गरी ४४३ जना स्तरवृद्धि भएको विभागका सूचना अधिकारी महेश पाण्डेले जानकारी दिएका छन् ।

dohs1610193650

यस्तै नर्सिङतर्फ चौथोबाट पाँचौमा ८४ जना, पाँचौबाट छैठौंमा ८९ जना र छैठौंबाट सातौंमा १७९ जना स्तरबृद्धि भएका छन्। प्यारामेडिक्स र नर्सिङ गरी ६२२ जनाको विभागको बिहीबारको निर्णय अनुसार स्तरवृद्धि भएको पाण्डेले जानकारी दिए । विभागबाट अर्थिक वर्ष २०७७/०७८ मा हालसम्म १९८२ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि भएको छ ।
हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७