पोखरीमा डुबेर ज्यान गुमाएकाका बालिकाका परिवारलाई एक–एक लाख रुपैयाँ राहत


३० जेष्ठ २०७८, आईतवार
42 Shares
child death dhanusa 6IfdA8KEZi

धनुषा, ३० जेठ । धनुषामा पोखरीमा डुबेर ज्यान गुमाएका बालिकाहरूको परिवारलाई प्रदेश–२ सरकारले एक–एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । प्रदेश–२ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ का हुलाश यादवको पोखरीमा डुबेर शुक्रबार स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिता साहको ज्यान गएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मन्त्री यादवले मृतकको परिवारलाई शनिबार बिहान भेटेर राहत रकमको उपलब्ध गराउने घोषणा गरेका हुन् ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७