बाढीले सुपरमादी जलविद्युतको पावरहाउस बगायो, ३०० कामदारको उद्धार (भिडियो)


२ असार २०७८, बुधबार
madi

कास्की, २ असार । कास्कीको मादी गाउँपालिका–२ मा रहेको निर्माणाधीन सुपर मादी जलविद्युत् आयोजनाको पावरहाउस बाढीले बगाएको छ । अविरल वर्षापछि मादीखोलामा आएको बाढीले पावरहाउस, निर्माण सामग्रीलगायत बगाएको हो ।

mj1

मादीखोलामा कार्यरत करिब ३०० कामदारलाई आज बिहान सकुशल उद्धार गरिएको छ । आयोजनामा कार्यरत सबै ७०० कामदार सुरक्षित रहेका बताइएको छ । बाढीले एक अर्ब रुपैयाँ बराबरको क्षति पुगेको सुपरमादी जलविद्युत् आयोजनाका अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिएका छन् । आयोजनामा चार वटा एक्स्याभेटर, चार वटा टिपर, दुईवटा ट्रान्जिट मिस्कर, ६ वटा कम्प्रेर, चार सय ५० टन बढी डण्डी, १० हजार बोरा सिमेन्ट, तीनवटा क्रस, बगाएको अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए ।

mj4

साढे सात अर्ब रुपैयाँ लागत रहेको सुपर मादीको काम सम्पन्न हुने चरणमा थियो। ब्याचिङ प्लान्ट, क्रसर, एक्सक्याभेटर, ह्विल लोडेर र ट्रिपरहरु, इलेक्ट्रो–मेकानिकल (इएम) का ओभरहेड क्रेन, साइडल केसहरु लगायतका सबै सामानहरु बाढीले बगाएको उनले बताए ।
८० प्रतिशत निर्माण कार्य सकिएको उक्त आयोजना यही असारमा सम्पन्न हुने चरणमा थियो ।

mj1 1

४४ मेगावाट क्षमताको आयोजना गए रातिको बाढीले क्षतिग्रस्त बनेको हो । मादी गाउँपालिका–२ का अध्यक्ष एकजंग गुरुङले उक्त आयोजनाका कामदारलाई सकुशल उद्धार गरी सुरक्षित ठाउँमा ल्याइएको जानकारी दिएका छन् ।
सौजन्य भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७