वनमा च्याउ खोज्न गएका बेला जङ्गली हात्ती आक्रमणबाट एकको मृत्यु


प्रकाशित मिति : ३ असार २०७८, बिहीबार ०७:५५

बर्दिया, ३ असार । जङ्गली हात्तीको आक्रमणवाट बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बासगढी नगरपालिका–८ भैसासुरका ७८ बर्षिय नरेश्वर सापकोटा रहेको रहेका छन् ।

नवप्रभात मध्यवर्ती सामुदायिक वनमा च्याउ खोज्न गएका सापकोटालाई हिजो दिउँसो हात्तीले आक्रमण गरेर मारेको बर्दिया राष्टिय निकुञ्जका सूचना अधिकारी असिम थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्