कालिकोटमा पहिरोले पुरेर एक जनाको ज्यान गयो


४ असार २०७८, शुक्रबार
death

कालिकोट, ४ असार । कालिकोटमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । मुल्फा बजारमा गएर घर फर्कने क्रममा पहिरोमा पुरिएर खाँडाचक्र नगरपालिका–६ सेरागाउँका बले विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

केहि दिनयताको लगातारको वर्षाले कालिकोटका विभिन्न स्थानमा पहिरो जानुका साथी खेतीबालीमा भेल पस्दा नोक्सानी पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७