बैंक अफ काठमाण्डूले ९.७ मेगावाटको अप्पर इङ्गवा जलविद्युतमा एकल लगानी गर्ने


४ असार २०७८, शुक्रबार
Bank of kathamandu

काठमाडौं, ४ असार । अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूले एकल लगानी गर्ने भएको छ । सो सम्बन्धि बैंक अफ काठमाण्डू र इङ्गवा जलविद्युतबीच गत जेठ ३१ गते सम्झौता भएको हो ।

९.७ मेगावाट उत्पादन क्षमता रहेको अप्पर इङ्गवा जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । इङ्गवा जलविद्युतले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरीरहेको छ । उक्त आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी रहने छ ।

आयोजनामा कुल लागतको ७५ प्रतिशत बैंक कर्जा वापतको लगानी रहनेछ भने बाँकी २५ प्रतिशत इङ्गवा जलविद्युत लिमिटेडको लगानी रहनेछ । आयोजना पुरा भएपछि उत्पादित विद्युत अमरपुर सवस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । साथै यस कर्जा लगानी पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७