पेनाल्टीमा गोल गर्न नसक्दा स्पेन पोल्याण्डसँग बराबरीमा रोकियो


६ असार २०७८, आईतवार
spain vs poland 09DPLX1Vdg

काठमाडौं, ६ असार । जारी युरोकप फुटबलको समूह ‘ई’ को खेलमा स्पेन र पोल्याण्ड बराबरीमा रोकिएका छन् । घरेलु मैदानमा भएको खेलमा स्पेन पोल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

२५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा पोल्याण्डका रोबर्टो लावान्डोस्कीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

५८ औं मिनेटमा स्पेनले पेनाल्टीमा पाए पनि जेरार्ड मोरेनोले गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो । बराबरीसँगै स्पेन दुई अङ्कसहित तेस्रो स्थानमा र पोल्याण्ड एक अङ्कसहित पुछारमा छ । यो समूहमा स्वीडेन शीर्ष र स्लोभाकिया दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७