आँधीका कारण अमेरिकामा नौ बालबालिकासहित १० जनाको मृत्यु


७ असार २०७८, सोमबार
uss

काठमाडौं, ७ असार । अमेरिकाको अलबामा राज्यमा आँधीमा परेर १० जनाको मृत्यु भएको छ । आँधीमा परेर १८ वटा सवारीसाधन दुर्घटना हुँदा नौ बालबालिकासहित १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आँधीका कारण सो क्षेत्रमा कयौं निजी तथा सरकारी संरचनाहरु क्षतिग्रस्त भएका छन् भने अन्य १० जना घाइते भएको बताइएको छ ।

गत शनिबार पनि अलाबामा राज्यमा आँधीमा परेर दुई जनाको मृत्यु भएको थियो । अत्यधिक वर्षासँगै आएको बाढीले अन्य केहीलाई बगाएको आशंकामा खोजी जारी रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । भारी वर्षा अझै केही दिन जार रहने भन्दै थप क्षति हुनबाट जोगिन मौसमविद्हरुले चेतावनी दिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७