आज वर्षकै लामो दिन : आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुने


७ असार २०७८, सोमबार
sky clear

काठमाडौं, ७ असार । आज असार ७ गते सोमबार । तदअनुसार २१ जुन अर्थात बर्षकै लामो दिन । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।

ज्योतिषी सुनिल सिटौलाका अनुसार आज बिहान ३ बजेर २८ मिनेटमा सूर्य कर्कट रेखामा पुगेको छ । आजबाट सूर्यको गति दक्षिणी गोलार्धतर्फ बढ्छ । यसको अर्थ, आजबाट दिन छोटो तथा रात लामो हुँदै जानेछ ।

समान्यतया पुस ७ गते बर्षकै छोटो दिन र रात लामो हुन्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्ने भएकाले पृथ्वीको दक्षिणी गोलाद्र्धमा यसको ठिक विपरीत हुन्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया २१ जुनमा दिन लामो हुन्छ ।

ज्योतिष सिटौलाका अनुसार बैदिक ज्योतिषको काल गणनामा आजदेखि सूर्य दक्षिण लाग्ने र दक्षिणायन सुरु हुने भएता पनि ब्यवहारमा आउँदो साउन १ गतेबाट सूर्य दक्षिणतिर लाग्ने मानिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७