कोभिड–१९ त एक–डेढ वर्षमा पार होला, सामाजिक–सांस्कृतिक अधपतनको महामारी चले कैयौं पिँढी दुःख पाइनेछ : प्रधानमन्त्री


७ असार २०७८, सोमबार
kp oli 1

काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्वास्थ्य मात्र नभई सामाजिक र सांस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताएका छन् ।

सातौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा ओलीले मानवको शारीरिक स्वास्थ्य मात्र होइन, समाजलाई सांस्कृतिक, नैतिक र चारीत्रिक रूपले सबल राख्नसमेत योग आवश्यक रहेको बताए ।

‘योग फर वेल विइङ’ को नारासहित विश्वभर सोमबार अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । ओलीले सांस्कृतिक मर्यादा सामाजिक स्वास्थ्यको मुख्य विषय रहेकोसमेत बताए । ‘विभिन्न प्रयासबाट अहिलेको कोभिड– १९ त एक–डेढ वर्षमा पार होला, तर सामाजिक र सांस्कृतिक अधपतनको महामारीले चल्यो भने कैयौँ पिँढीसम्म दुःख पाइनेछ,’ उनले भने ।

अहिले सामाजिक सञ्जालमा देखिने प्रतिक्रियाले त्यस्तो अधपतनको संकेत गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अहिले सामाजिक सञ्जाल हेरिनसक्नु हुन्छ ।’

योग गुरुहरूले आशनमा भन्दा अनुशासनमा ध्यान दिनुपर्ने उनले बताए । योगका आठ अंगमध्ये पहिलो यम भएको र त्यसको पनि पहिलो सत्यप्रतिको निष्ठा र असत्यलाई अस्वीकार गर्नु भएको उनको भनाइ थियो । ‘सत्यमा अडिग रहुँ । सत्यको निष्ठापूर्वक पालना गर, असत्यलाई कुनै हिसाबका भ्रम वा त्रासका कारण स्वीकार नगर र त्यसविरुद्ध लड । यमले सही भन्छ,’ ओलीले भने ।

आफ्नो वैधानिक र न्यायिक दाबी पुग्नेबाहेकका कुरामा आशक्ति नराख्न पनि योगले सिकाउने ओलीको भनाइ छ । अरस्तुले सत्यकै लागि प्राण त्याग गरेको प्रसंगसमेत उनले उठाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७