थप ३,१३० ले जिते कोरोना, २,२९७ नयाँ थपिए, ४६ जनाको मृत्यु


७ असार २०७८, सोमबार
korona

काठमाडौं, ७ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप १,५८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ६,५८३ पीसीआर परीक्षणमा १,५८४ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै ४,३२१ एन्टिजेन परीक्षणमा ७१३ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २,२९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २२ हजार ६४० पुगेको छ ।

यस्तै, २४ घण्टामा ३,१३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७